Breaking

Monday, June 12, 2017

रोनाल्डोका कार्बन कपी रोनाल्डो जुनियर

जेठ २९ – क्रिष्टियानो रोनाल्डोका छोरा रोनाल्डो जुनियर पिताको कार्बन कपी बन्दै गएका छन् । रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको उपाधि जिते लगतै हेयर स्टाइल परिवर्तन गरेका छन् । उनले च्याम्पियन्स लिगमा उपाधि जितेमा र आफूले गोल गरेमा
कपाल काट्ने वाचा गरेअनुसार हेयर स्टाइल परिवर्तन गरेका हुन् । उनका छोरा रोनाल्डो जुनियरले पनि पिताकै बाटो अपनाएका छन् । उनले पनि पिताले जस्तै हेयर स्टाल बनाएका छन् । नाम सेयर गरेका बुवा–छोरा रोनाल्डो र रोनाल्डो जुनियरले हेयर
स्टाइल पनि उस्तै गराएका छन् । छोराले आफ्नो पाइला पछ्याएको देख्दा आफूलाई निकै खुशी लाग्ने रोनाल्डोले बताएका छन् ।