जेष्ठ २९, २०७४- संविधान संशोधन बिना स्थानिय तहको निर्वाचन हुन नदिने भन्दै आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले सोमवार सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलुस प्रर्दशन गरेका छन् ।
स्थानिय शिव मिन्दर अगाडीबाट निस्केको राजपाको मसाल जुलुस राजविराजको बिभिन्न भागको परिक्रमा गर्दे जनआन्दोलन चौकमा पुगी कोणसभामा परिणत भएको थियो । मसालजुलुसमा राजपाका केन्द्रीय बरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्रकुमार सिंह यादब र नवलकिसोर साह, महासचिव मनिषकुमार सुमन, सह महासचिव जयप्रकास ठाकुर, सचिव गजेन्द्र मण्डलसहित जिल्लामा उपलब्ध केन्द्रिय सदस्यहरु समेत सहभागी थिए ।
मसाल जुलुस पछि आयोजित कोणसभाका बक्ताहरुले संविधान संशोधन,जनसंख्याका आधारमा स्थानिय तह पुनर्संरचना लगायतको आफूहरुको माग पुरा नभए स्थानिय तहको दोश्रो चरणको निर्वाचनको सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।
Monday, June 12, 2017
राजविराजमा राजपाको मसाल जुलुस
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News