जेष्ठ २९, २०७४-
सरकारले अघिल्लो वर्षदेखि एसएलसी परीक्षा खारेज गरी सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) सुरु गरेको छ । यो नीतिमा नाम मात्र परिवर्तन भएको छैन, वि.सं. १९९० देखि चलेको विद्यार्थी उत्तीर्ण–अनुत्तीर्ण हुने नीति नै परिवर्तन भएको छ । यसका साथै विद्यार्थीको मनोबल बढाउन प्रतिशत र डिभिजनका आधारमा निकालिने परीक्षाफल पनि ग्रेडिङ प्रणालीमा रूपान्तरण भएको छ । अहिले समग्र परीक्षाफलसँगै प्रत्येक विषयको ग्रेडिङ सुरु गरिएको छ । एक पटक परीक्षामा सामेल भएर उत्तीर्ण भएपछि सोही तह पुन: दोहोर्याउन नपाइने व्यवस्था समेत परिवर्तन भै विद्यार्थीलाई राम्रो ग्रेडका लागि पुन: परीक्षामा सामेल हुन पाउने अधिकारसमेत दिइएको छ ।
विगतका वर्षहरूमा राम्रो र गाह्रो भनिएका विषय अध्ययन गर्न सबै विषयमा प्रथम श्रेणी तथा विशिष्ठ श्रेणी अनिवार्य मानिन्थ्यो तर ग्रेडिङ प्रणाली सुरु भएसँगै राष्ट्रिय परीक्षा बोर्ड (तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्)ले निश्चित विषयमा निश्चित ग्रेड ल्याए मात्र चाहेको विषय लिएर कक्षा ११ मा भर्ना हुन पाउने नयाँ व्यवस्था समेत लागू गरेको छ ।
बोर्डको अघिल्लो वर्षको निर्णयअनुसार अब कुनै पनि विद्यार्थीले २ जीपीएभन्दा बढी ल्याए मात्र विज्ञान विषय अध्ययन गर्न पाउनेछन् । नयाँ व्यवस्थाअनुसार न्यूनतम जीपीएस २ सहित एसईईको परीक्षामा विज्ञान र गणित विषयमा कम्तीमा सी प्लस, अंग्रेजीमा सी, सामाजिक शिक्षा र नेपालीमा कम्तीमा डी प्लस ग्रेड ल्याए मात्र कक्षा ११ मा विज्ञान समूहका भौतिक, रसायन, जीव, गणित वा कम्प्युटर विज्ञान पढ्न पाइनेछ ।
११ कक्षा अध्ययनका लागि एसईईमा कम्तीमा १ दशमलव ६ जीपीए ल्याउनै पर्छ । १ दशमलव ६ ल्याउँदैमा पनि चाहेको विषय अध्ययन गर्न पाइँदैन । त्यसका लागि तोकिएको विषयमा निश्चित ग्रेड ल्याउनुपर्छ । सामान्यतया विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड एवं सामाजिक शिक्षा तथा नेपालीमा डी प्लस गरी कम्तीमा १ दशमलव ६ जीपीए आए प्राविधिकतर्फ जीव विज्ञान, वनस्पति विज्ञान तथा इलेक्ट्रोनिक, सिभिल वा कम्प्युटर इन्जिनियरिङ पढ्न पाइनेछ । गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक शिक्षा र विज्ञानमा डी प्लससहित जीपीए १ दशमलव ६ भन्दा बढी ल्याएकाले मात्र गणित, लेखा, कम्प्युटर साइन्स, टिचिङ म्याथमेटिक्स, इलिमेन्ट अफ साइन्स, ज्योतिष, बिजनेस म्याथमेटिक्स, कोअपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जोग्राफी एवं साइकोलोजी अध्ययन गर्न पाउँछन् ।
शिक्षातर्फका विषय अध्ययन गर्न विद्यार्थीले एसईई परीक्षामा विज्ञान र गणितमा कम्तीमा सी तथा अंग्रेजी, नेपाली एवं सामाजिक शिक्षामा डी प्लस प्राप्त गर्नुपर्नेछ । ती विषयमा तोकिएको ग्रेडिङ प्राप्त गरे मात्र फिजिक्स, केमेस्ट्री, बायोलोजी तथा टिचिङ साइन्स अध्यापनका लागि योग्य मानिन्छन् । त्यस्तै अंग्रेजीमा सी, नेपाली र सामाजिक शिक्षामा डी प्लस ल्याए अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंगेजी तथा भाषा विज्ञान अध्ययनका लागि योग्य मानिन्छन् ।
राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार एसईई परीक्षामा अंग्रेजीमा सी तथा नेपाली, गणित र सामाजिक शिक्षामा डी प्लस ग्रेड प्राप्त भए मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट तथा ट्राभल्स एन्ड टुरिज्म अध्ययन गर्ने ढोका खुल्छ । नेपाली विषयमा सी, अंग्रेजी तथा सामाजिक शिक्षामा डी प्लस प्राप्त भए नेपाली र टिचिङ नेपाली विषय अध्ययनका लागि बाटो खुल्छ । बोर्डका अनुसार सामाजिक शिक्षामा सी र नेपाली तथा अंग्रेजीमा डी प्लस ल्याउने विद्यार्थीले कक्षा ११ मा पोलिटिकल साइन्स, इतिहास, संस्कृति, गृह विज्ञान, समाजशास्त्र, दर्शनशास्त्र, लाइब्रेरी तथा इन्फरमेसन साइन्सजस्ता विषय अध्ययन गर्न पाउँछन् ।
जनसंख्या तथा शारीरिक शिक्षामा सी तथा नेपाली, अंग्रेजी र विज्ञानमा डी प्लस ल्याउने विद्यार्थीले इन्ट्रोडक्ट टु एजुकेसन, इन्स्ट्रक्सन पोडागोजी, स्वास्थ्य एवं शारीरिक शिक्षा, जनसंख्या र वातावरण शिक्षा अध्ययन गर्न पाउँछन् भने नेपाली, अंग्रेजी एवं सामाजिक शिक्षामा डी प्लस आए ह्युमन भ्यालु एजुकेसन, जनरल ल, संस्कृत, व्याकरण, साहित्य, न्याय, वेद, नीति शास्त्र, बौद्ध एजुकेसन जस्ता विषय अध्ययन गर्न पाइन्छ ।
विभिन्न भाषा अध्ययन गर्न रुचाउने विद्यार्थीहरूले भने अंग्रेजीमा डी प्लस ल्याउनुपर्छ । अंग्रेजीमा डी प्लस ल्याए मैथिली, हिन्दी, नेपाली, फ्रेन्च, जापानी, उर्दू, जर्मन, चिनियाँका साथै अन्य भाषा अध्ययन गर्न पाइन्छ । त्यसैगरी उक्त विषयमा डी प्लस आए डान्स, म्युजिक, मूर्तिकला, एप्लाइड आटर््स, स्पोर्ट्सजस्ता विषय अध्ययन गर्न पाइन्छ ।
Monday, June 12, 2017
एसईईमा कुन ग्रेड आए ११ मा के पढ्ने ?
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News