Breaking

Saturday, June 3, 2017

कास्की आदर्श सेवा समाज यूएईको तेस्रो वाषिर्क साधारणसभा

२ जून, यूएई । कास्की आदर्श सेवा समाज, यूएईको तेस्रोे वाषिर्क साधारणसभा सम्पन्न भएको छ ।

यूएईको दुवई स्थित सिन्ध पंजाब रेष्टुरेन्टको सभाहलमा भएको उक्त समारोहमा नेपाली समाज यूएईका भूतपूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी एवं कास्की आदर्श सेवा समाज यूएईका सँस्थापक तथा संरक्षक कृष्णबहादुर ढकालको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

कार्यक्रममा श्याम प्रसाद भण्डारी, दिपक सुवेदी तथा बाबुराम रानाभाटले यस सँस्थाको हर सामाजिक कृयाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सरिक हुन पाउँदा खुसी लागेको बताएका थिए ।

समाजको पूर्ण सफलताको कामनाका साथ भविष्यका दिनहरूमा पनि यसरी नै सामाजिक काममा सँस्थासँग सहकार्य गरिरहने उनीहरुले बताए ।

त्यसैगरी शुभकामना मन्तव्यकै क्रममा विशेष अतिथी तमु प्ये ल्हु संघका का.बा. अध्यक्ष भिम तमुले कास्की आदर्श सेवा समाजसँग सँस्थागत मात्र नभई व्यक्तिगत रूपमा पनि आफूले हर सम्भव साथ र सहयोग दिने कुरा व्यक्त गर्दै समाजले छोटो समयमा युएइमा एक स्थापित सँस्थाको रूपमा आफूलाई उभ्याउन सफल रहेको कुरा बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार संयोजक गुप्त शेखर पौडेललाइ सम्मान पत्रले सम्मान गरिएको थियो ।

यस्तै सँस्थापक सदस्य तथा केन्ऽीय सदस्य लाल सुब्बा गुरूङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजको आजीवन सदस्यता प्राप्त गरेका सदस्यहरू क्रमशः सँजिव श्रेष्ठ, कृष्ण बहादुर केसी, राजकुमार रानाभाट, दिपक सुवेदी, बाबुराम साप्कोटा, राजिव जोशी, बम बहादुर बोहोरा, दिपक गुरूङ, बुद्दि बहादुर रानाभाट, अस्मिता थापा, अर्जुन कुँवर, कृष्ण सुनार लाइ आजीवन सदस्यताको प्रमाण पत्र प्रमुख अतिथीको हातबाट वितरण पनि गरिएको थियो ।

कार्यक्रममा समाजका महासचिव केदार कुँवरले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष पुष्पराज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त समारोहमा, विशेष अतिथिका रुपमा तमु प्ये ल्हु संघ यूएईका कार्यबहाक अध्यक्ष भिम तमु -सविनय), तेस्तै अतिथीमा कास्की आदर्श सेवा समाज यूएईका सँस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार संयोजक गुप्तशेखर पौडेल, यूएई स्थित आइ.र्एम.ई प्रमुख सरोज वस्नेत,समाजका दुवई क्षेत्रीय समितिका अध्यक्ष श्याम प्रसाद भण्डारी, समाजका आजिवन सदस्य तथा समाजसेवी राजकुमार साप्कोटा, समाजका आजीवन सदस्य तथा समाजसेवी व्यावसायी प्रेमबहादुर नेपाली, समाजका आजीवन सदस्य तथा समाजसेवी व्यावसायी दिपक सुवेदीको उपस्थिती रहेको थियो । त्यस्तै उक्त समारोहमा समाजका, केन्द्रीय समिति तथा क्षेत्रीय समितिका पदाधिकारीहरूका साथै अन्य आजीवन सदस्यहरू तथा साधारण सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो ।

नेपाली राष्ट्रिय गानका धुनका साथव्यानार अनावरण गरी बिधिवत रूपमा कार्यक्रमको उद्घाटन गरिए पछि आयोजकको तर्फबाट समाजका उपाध्यक्ष राजेश श्रेष्ठले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए । समाजका अध्यक्ष मनोजकुमार सैंजुको सभापतित्वमा सम्पन्न समारोहको कार्यक्रम संचालन महासचिव केदार कुँवरले गरेका थिए ।
From OnlineKhabar