Breaking

Thursday, June 8, 2017

विदेशबाट फर्किएका कामदारको रेकर्ड राख्ने मन्त्री मंसुरको पहिलो निर्णय


काठमाडौं, जेठ २५- वैदेशिक रोजगारीबाट फर्किएका कामदारको रेकर्ड राख्न तयारी सुरु भएको छ । गृह मन्त्रालयसँग छलफल गरेर सफ्टवेयर निर्माण गर्ने श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिनुभयो ।
नवनियुक्त श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले पदभार ग्रहण गर्दै वैदेशिक रोजगारीबाट फर्किएका कामदारको रेकर्ड राख्ने आवश्यक व्यवस्थाका गर्न निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयले पनि विमानस्थलमा आवात जावत गर्ने यात्रुको रेकर्ड राख्ने भएकाले गृहसँग सहकार्य गरेर सफ्टवेयर तयार गर्न लागिएको प्रवक्ता भुर्तेलले बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्किने कामदारको रेकर्ड नराख्दा विदेशमा कति नेपाली छन् भन्ने ऐकिन तथ्याँक छैन ।