Breaking

Tuesday, May 30, 2017

सरकारले श्रीलंकाका बाढी पीडितलाई ५० हजार डलर सहयोग गर्ने

काठमाडौं, जेठ १७ – सरकारले श्रीलंकाका बाढी पीडितलाई ५० हजार अमेरिकी डलर (५१ लाख ५० हजार रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सहयोग दिने निर्णय गरेको हो । केही दिनअघि गएको बाढीका कारण अहिलेसम्म एकसय ९४ जना भन्दा धेरैको ज्यान गएको छ । बाढीका
कारण श्रीलंकाको पश्चिमी क्षेत्र बढी प्रभावित भएको छ । १४ वर्ष यताकै ठूलो बाढीका कारण सोमाबारसम्म ९९ जना भन्दा बढी हराइरहेको रेडक्रसले जनाएको छ ।

यस्तै बैठकले काठमाडौं उपत्यका बाहिर सञ्चालनको लागि प्रक्रिया पुर्याएका नयाँ मेडिकल कलेजलाई अनुमति दिने निर्णय पनि गरेको छ ।