Breaking

Tuesday, May 30, 2017

USAID तलब, भत्ता र अन्य सेवा सुविधा नलिने मेयरका उम्मेद्वारको घोषणा

प्रेमनारायण आचार्य/उज्यालो । 

अर्घाखाँची, जेठ १७ – नेपाली कांग्रेसबाट अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मेयरको उम्मेद्वार बनेका खडानन्द बेल्बासेले राज्यकोषबाट प्राप्त हुने तलब, भत्ता तथा अन्य सेवा सुविधा नलिने घोषणा गर्नु भएको छ ।

नागरिकको सेवा गर्ने उदेश्यले चुनावमा उठेको बताउँदै मेयरमा जितेपछि मेयर वापत प्राप्त हुने तलब, भत्ता तथा अन्य सेवा सुविधा नलिने धनचौर र असुरकोटका कार्यक्रता माझ उहाँले घोषणा गर्नु भएको हो ।

पाँच वर्षका लागि आफू सेवा गर्न जाँदा नागरिकको करबाट उठाएको तलब खाएर सेवा नगर्ने र आफ्नो पाँच वर्षको लागि खर्च आफ्नो व्यवसायबाट आम्दानी भएको पैसोले चलाउने निर्णय गरेको बताउनुभयो । भूमिकास्थन नगरपालिकामा   कांग्रेसबाट  उपमेयरमा सृजना थापालाई उठाउने कांग्रेसले निर्णय गरेको छ ।