एजेन्सी । विश्वको जनसंख्या झण्डै साढे ७ अर्बको हाराहारीमा पुगिसकेको छ, जसमा महिला र पुरुषको संख्या लगभग बराबर नै छ । तर विश्वमा यस्तो मुलुक पनि छ, जहाँ पुरुषको संख्या निकै दयनीय अवस्थामा पुगेको छ । महिलाको अनुपातमा पुरुषको संख्या निकै कम भएकै कारण त्यहाँ कयौं महिलाले विवाह गर्न पाएका छैनन् ।
हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवा मारिएका छन् भने कयौं विदेश पलायन भएका छन् । त्यस्तै केही युवा जेलमा छन्, जो विभिन्न आरोपमा सजाय काटिरहेका छन् भने युवाको एउटा हिस्सा सेनामा छ । परिणामस्वरुप, सार्वजनिक स्थलमा महिलाको संख्या निकै बढी देखिन्छ । सिरियामा अविवाहित र एकल महिलाको संख्यामा तीव्र बृद्धि भइरहेको छ ।
पछिल्लो एक अध्ययनले त्यहाँ ७० प्रतिशत महिला अविवाहित रहेको देखाएको छ । समाजमा शेष रहेका केही युवामा पनि आर्थिक समस्या, असुरक्षाजस्ता कारणले विवाहका लागि प्रतिकुलता सिर्जना भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसारमा कयौं सिरियाली महिलाले आफूभन्दा निकै पाको उमेरका पुरुषको साथ स्वीकार्न थालेका छन् ।
पुरुष अभावका कारण वहुविवाहको प्रचलनसमेत बढ्न थालेको छ । २३ वर्षीया शिक्षिका याराका अनुसार उनकै हाराहारीमा प्रत्येक चार महिला बराबर एक पुरुष रहेका छन् । उनी भन्छिन्, ‘यस्तै हो भने अब चाँडै नै एक पुरुषको चार पत्नी हुनेछन् ।’
Sunday, May 28, 2017
यस्ताे देश जहाँ ७० प्रतिशत महिला अविवाहित छन : विवाहका लागि पुरुष पाइदैन
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News