डा. दिपेन्द्र कार्की–
दूधमा शरीरलाई चाहिने प्रोटिन, सन्तुलित रुपमा ल्याक्टोज् अर्थात ग्लूकोज हुन्छ । शरीर वृद्धि विकासमा अति आवश्यक प्रोटिनको मात्रा दूधबाट पाइने हुनाले दिनहुँ पिउनु स्वास्थ्यका लागि लाभदायक छ ।
यसले शरीरलाई शक्ति दिन्छ । दूधमा भिटामिन बी–१२ पनि पाइन्छ । जसले नसा सम्बन्धी रोगको प्रतिरोधात्मक काम गर्छ । प्रोटिन, ग्लूकोजसँगै दूधले शरीरमा पानीको मात्रा बढाउने काम पनि गर्छ ।
दूधले फाइदा मात्रै गर्दैन
दूध स्वास्थ्यका लागि फाइदाजनक भएपनि सबैलाई राम्रो गर्छ भन्ने हुँदैन । दूध आफैमा नराम्रो भन्ने हुँदैन तर जसलाई ल्याक्टो इनटोलोरेन्स अर्थात ग्लुकोज पचाउन नसक्ने समस्या छ, उनीहरुलाई पेट ढाडिने, अपच हुने, गनाउने डकार आउने हुन सक्छ । यस्तै ग्यास्ट्रिकको समस्या छ भने पनि दूुधको चियाले, दूधले ग्याष्ट्रिक बल्झाउने गर्छ ।
दीर्घ रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप भएका बिरामीले दूध पिउनु उपयुक्त हुँदैन । यसले कोलेस्ट्रोलको मात्रा बढाउन सक्छ । काँचो दूध पिउँदा गाईवस्तुमा लागेको रोग प्रत्यक्ष लाग्न सक्छ ।
दूध कसरी पिउने ?
दूध सधैँ उमालेर पिउनु पर्छ । यसले दूधमा रहेका किटाणुहरुलाई नष्ट गर्नुका साथै दूधमा भएको चिल्लो पदार्थलाई तरको रुपमा विकास गरिदिन्छ । दूध पिउँदा तरलाई हटाएर पिउनुपर्छ ।
भिटामिन बी–१२ भन्ने तत्व जनावर र जनावरबाट बन्ने खानेकुरामा मात्र पाइन्छ । त्यसैले जसले मासु खाँदैन, दूधबाट यो तत्व प्राप्त गर्न सकिन्छ । सकेसम्म बिहानको खाना र बेलुका सुत्ने समयमा दूध पिउँदा धेरै राम्रो हुन्छ ।
(बि एण्ड बि अस्पतालका जेनरल फिजिसियन डाक्टर दिपेन्द्र कार्कीसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)
Wednesday, May 31, 2017
Tags
# Health
Nepali Music Video
We Publice Nepali News for the People.
Health
Labels:
Health