काठमाडौं । ‘रेली खोला बगर’ की चर्चित गीतका गीतकार कुसुम गजमेरको उपचारका क्रममा निधन भएको छ। लिभरको समस्याका कारण मुम्बईमा उपचाररत गीतकार गजमेरको बिहीबार बिहान ३ः४० मा ७२ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ।
गजमेरले बाँसुरी, लाहुरे, देउता, पिरती, सम्झना, चिनो, दुई थोपा आँसु लगायतका चर्चित नेताली चलचित्रमा समेत उनले गीत लेखेकी छिन्।
विसं २००२ असोज १७ गते भारतको दार्जिलिङमा जन्मिएकी कुसुम संगीतकार रञ्जित गजमेरकी श्रीमती हुन्। उनका दुई छोरी र एक छोरा छन्।
उनका रेली खोला बगर, मोहनी लाग्ला है, के सोचें मैले के भयो अहिले, पिरती आफै हुँदो रैछ, यो मुटुलाई कसरी सम्झाई बुझाउँ, विरताको चिनो वीरताको सन्तान, नयाँ नयाँ सजाउँ है सनसारलगायतका गीत चर्चित छन्। पूर्वेली न्युज
Thursday, June 1, 2017
चर्चित गीत ‘रेली खोला बगर’ की गीतकार कुसुमको निधन
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News