लन्डन – २१ मे साँझ बेलायतस्थित नेपाली पत्रकारहरु आपत्कालीन कोषका लागि एउटा च्यारीटिमा व्यस्त थिए ।
नेपालबाट लोक गायक खडग गर्बुजा आउने तय थियो । तर दुर्भाग्य च्यारिटीको अघिल्लो दिन हिथ्रो ओर्लिएपछि अध्यागमनको केरकारमा परे । गर्बुजा व्यक्तिगत स्पोन्सरसिपमा भिजिट भिसा लिएर चौथोपटक यूके आउँदै थिए । आजको कान्तिपुरमा यो खबर छ ।
२७ बर्षदेखि नेपाली लोक संगीतमा लागेर ९ सय हाराहारी गीत गाइसकेका गर्बुजालाई बेलायत अध्यागमनले विमानस्थलमै रोकिदियो ।
‘विगतमा भिजिट भिसामा आएर अर्थ आर्जन गरेको आरोप लगाए,’ नेपाल फर्किएपछि गर्बुजाले भने, ‘नियमित: इन्टरटेनर वा वर्क परमिट भिजा लिनुपर्ने हो । हामीले उनीहरुलाई कन्भिन्स गर्न सकिएन ।’
यसअघि दुर्गा परियारलाई पनि बेलायत अध्यागमनले फर्काइदिएको थियो । यी त केही उदहारण हुन् ।
भिजिट भिसा लिएर बेलायत छिर्ने अनि गाउने क्रम बढेपछि बेलायत सरकारले निगरानी बढाउन थालेको सरोकारवाला बताउँछन् ।भिजाको क्याटोगोरी विपरीत र कर नतिरी गाउनु यहाँ गैरकानुनी मानिन्छ ।
Tuesday, May 30, 2017
भिजिट भिसाका कलाकारलाई फर्काइँदै
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News