इटहरी – केहि समय अगाडि “नलाउ झुटो पिरती” बोलको गीत तथा भिडियो नेपालि लोक गीत पारखीहरुको मन मुटुमा बस्न सफल भई सकेको छ भने हाल यसै गीतको भाग २ सार्बजनिक गरिएको छ l नेपालि लोक गीतको ईतिहासमा सबैभन्दा बढि लगानी अर्थात ३ लाख भन्दा माथिको बजेटमा निर्माण गरिएको “नलाउ झुटो पिरती-२” लाई हालै युटुब मार्फत सार्बजनिक गरिएको हो l
उत्कृष्ट कथा प्रस्तुति संगै लोक गीतमा केहि नया प्रयोग गर्न खोजिएको छ उक्त भिडियोमा l सिक्येलको ट्रेण्ड लोक गीतमा पनि सुरुवात गर्दै यो गीत तथा भिडियोलाई प्रियशी म्युजिक प्रालिले प्रस्तुत गरेको छ भने राजेन्द्र पुरी र बबिता पुरीले बजार व्यवस्थापन गरेका छन् l उक्त गीतमा लोक गीत गायनमा चर्चित बिष्णु माझि र अर्का गायक राजेश सेन को आवाज रहेको छ भने सुनिल केशीको सब्द समाबेश गरिएको छ l त्यस्तै गीतमा गणेश अधिकारिले संगीत भरेका छन् l
महिला निर्देशकको क्षेत्रमा आफ्नो छुट्टै छबि बनाउदै गएकी यस गीतको व्यवस्थापक समेत रहेकी बबिता पुरीले नै यो भिडियोलाई निर्देशन गरेकी छिन l निकै मेहनत, दुख र समय खर्चेर बनाएको यो म्युजिक भिडियोमा नयाँ शैली र फरक स्वाद दिन खोजिएको बताउछन निर्देशक बबिता l भाग एक लाई जसरि दर्शकले मन पाउनु भएको थियो अब भाग २ लाई पनि त्यसरी नै माया र साथ् दिनुहुनेमा बिस्वस्त बनेकी छिन उनि l त्यस्तै भिडियोमा अहिलेका उदाउदो मोडल आशा खड्का र बिपेश घिमिरेको अभिनय रहेको छ भने मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई अभिनास डिसिले सम्पादन गरेका छन् l
Tuesday, May 30, 2017
आफ्नै प्रेमीले बलात्कार गरेको भन्ने सोचेर प्रेमिकाले गरिन् यस्तो घृणा
Tags
# Video
Nepali Music Video
We Publice Nepali News for the People.
Video
Labels:
Video