Breaking

Tuesday, May 30, 2017

सिरहामा घाँटी रेटेर शत्रुधन यादबको हत्या

– सन्तोष यादब

सिरहा, १७ जेठ । सिरहा नगरपालिका ४ रमौलमा एक युवकको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटेर लक्ष्मीपुर ३ थलहा घर भएका अन्दाजी ३५ वर्षीय शत्रुधन यादबको हत्या भएको हो ।

हत्या गरिएको अवस्थामा स्थानीयले शव देखेपछि नगर प्रहरी सिरहालाई खबर गरेका थिए । खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।

हत्या गरिएका यादबको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा लैजाने सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले जानकारी दिए । यादबको हत्या कसले र किन हत्या गरेको हो अनुसन्धान भइरहेको कोइरालाले बताए ।

सिरहा नगरपालिका ६ मा यादबको ससुराली छ । उनका दुई श्रीमती छन् । श्रीमतीसँगको विवादका कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।