Breaking

Tuesday, May 30, 2017

लाईक, कमेन्ट र शेयर नगर्न पत्रकारहरूलाई काउन्सिलको कडा निर्देशन

काठमाडौं, १७ जेठ । नेपाल प्रेस काउन्सिलले सामाजिक सञ्जालमा उम्मेदवारको प्रचार सामग्रीमा लाइक र कमेन्ट नगर्न पत्रकारहरूलाई कडा निर्देशन दिएको छ ।

काउन्सिलका सहायक प्रशासकीय अधिकृत दीपक खनालले सूचना जारी गरेर पत्रकारहरूलाई यस्तो आग्रह गरेका हुन् । सामाजिक सञ्जाल र इलेक्ट्रोनिक्स सञ्चारमाध्यमलाई व्यवस्थित बनाउन काउन्सिलले यो कदम उठाएको दाबी गरेको छ ।

‘सामाजिक सञ्जालमार्फत कुनै पनि दल, दलको उम्मेदवारको प्रचारमा नलाग्न, मत नमाग्न, लाईक, कमेन्ट वा शेयर नगर्न, मिथ्कपूण सामग्री अपलोड नगर्न, कुनै दल वा उम्मेदवारप्रति आग्रह–पूर्वाग्रह राखी सामग्रीहरू पोस्ट नगर्न–नगराउनु’, सूचनामा भनिएको छ ।

काउन्सिलले विद्युतीय सञ्चारमाध्यमहरूले प्रसार र प्रकाशन गर्ने प्रचार सामग्रीको बिल पनि माग गरेको छ ।