Breaking

Wednesday, May 31, 2017

विदेशका जेलमा नेपाली खोज्दै सरकार, ३२ देशका जेलमा ३ सय १८ जना नेपाली


काठमाडौं, जेठ १७ - सरकारले पहिलो पटक विदेशका जेलमा रहेका नेपालीको अबस्था पत्ता लगाउन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र सल्लाहकार साखाको अग्रसरतामा खोजी भैरहेको र अन्तिम तथ्यांक आइरहेको छ ।

प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ शुसिल ढुंगानाका अनुसार अहिलेसम्म ३ सय १८ जना नेपाली जेलमा रहेको पत्ता लागेको छ ।

उनीहरु मध्ये केहिले मृत्युदण्ड भोगीरहेको र केहिलाई जन्मकैद तोकिएको पाइएको छ । यस अघि विदेशका जेलमा कति नेपाली छन् र उनीहरुको अवस्था के छ भन्ने थाहा थिएन ।

विदेशी जेलमा रहेका नेपालीलाई हत्या, लागुु औषध प्रयोग तथा कारोबार, मानब तस्करी, मादक पदार्थ उत्पादन प्रयोग तथा बिक्रि, चोरी, ठगी, बलात्कार जस्ता अभियोग लागेको छ ।
जेलमा रहेका नागरिकहरु मध्ये १७ जनालाई मृत्युु दण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुुनाईएको छ । २ सय ३९ जना १ महिना देखि ५० बर्ष सम्मको जेल सुनाईएका छन् । त्यस्तै थप १४ जनालाई मृत्युुदण्ड र ३ जनालाई जन्मकैद हुुन सक्ने गरि मुुद्धा चलिरेको छ ।

मलेसियाका बिभिन्न घरफिर्ति केन्द्रहरुमा सामान्य अभियोगमा थुुनामा रहेका नागरिकहरुको संख्या करिब ५ सयको हाराहारीमा रहेको छ । सामान्य अभियोगमा मध्यपूर्वका अन्य देशहरुमा समेत नेपाली नागरिकहरु थुुनामा रहेका छन् ।
नेपाली दूतावास रहेका र नभएका ३२ वटा देशमा नेपाली जेल परेको पाइएको हो । भारत लगायत अन्य केहि देशको बिबरण आउन बाँकी छ ।

भारतको हिमाञ्चल प्रदेश तथा अन्य बिभिन्न प्रदेशमा पनि ठूुलो संख्यामा नेपाली जेल परेको सूचना आएको छ । तर आधिकारीक रुपमा जानकारी प्राप्त भैसकेको छैन ।

सबै भन्दा धेरै साउदी, कुुबेत र कतारमा रहेका छन् । मलेसिया लगायत मध्यपूर्वका देशमा र दक्षिण कोरियामा पनि नेपाली जेल परेका छन् । बंैकक र चीनको बेइजिङ्ग तथा स्वशाशित क्षेत्र तिब्बतमा पनि धेरै संख्यामा नेपाली जेलमा रहेको भेटिएको छ । पाकिस्तान, श्रीलंका, कम्बोडिया, सिङ्गापुुर लगायत देशमा समेत नेपालीहरु जेलमा छन् ।
प्रधानमन्त्री पुुष्पकमल दाहालले विदेशमा रहेका नागरिकको समस्यालाई गंभिरताका साथलिई समाधान खोज्न निर्देशन दिएपछि प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाले काम थालेको हो ।

यस्तै विदेशमा समस्यामा परेका नागरिकहरुको समस्या समाधान गर्ने र फिर्ता ल्याउन पनि पहल थालिएको शाखाले जनाएको छ ।