Breaking

Monday, June 12, 2017

कुवेत आएको १२ दिनमै जौमतीले झुन्डिएर आत्महत्या गरिन


हरि कृष्ण न्यौपाने-कुवेतमा घरेलु कामदारको रुपमा काम गर्न आएको १२ दिनमै बर्दियाकी जौमाया दमाइले झुन्डिएर आत्महत्या गरेकी छिन।

नेपाली दुताबास कुवेतका दितिय सचिब भोगेन्द्र लिङ्देनका अनुसार राहदानी नं ०८३९६६१६ रहेकी जौमाया गत मेई २७-२०१७ का दिन कुवेत भित्रिएको उनको रेकर्डमा देखिएको छ। उनले आफु कार्यरत कुवेतको जबर अल अली भन्ने स्थानमा गत जुन ९ तारिक झुन्डिएर आमहत्या गरेको कुवेत प्रहरीले बताएको लिङ्देनले तीतोपाटीलाई बताए।

हाल जौमायाको साहु(स्पोन्सर) सँग संपर्क गर्न नेपाली दुताबासले प्रयास गरिरहेको र मृतक जौमायाको शब फर्वानियाको शब गृहमा राखिएको छ।जौमायाको परिवार संग संपर्क गर्न पनि दुताबासले प्रयास गरिरहेको छ।

source nepalkuwait.com