Breaking

Tuesday, June 13, 2017

कतारमा खाद्य संकट र सामान आयातमा समस्या छैन : कतारी अर्थमन्त्री

जेठ ३० – कतारका अर्थमन्त्री अली सरिफ अल इमादीले कतारमा खाद्य संकट नभएको बताउनु भएको छ । कतारले आतंकवादलाई सहयोग गरेको भन्दै गएको हप्ता देखि सात देशले कुटनैतिक सम्बन्ध तोडेपछि उत्पन्न समस्याले खाद्य संकट हुने अनुमान गरिएको थियो ।

युएई, साउदी अरब लगायतका देशले हवाई र सामुन्द्रिक बाटो समेत बन्द गरेपनि त्यसले कतारमा खाद्य संकट र सामान आयातमा समस्या नभएको अर्थमन्त्री इमादीले बताउनु भयो ।

‘कतारले पहिले नै आवश्यक खाद्य लगायत अन्य सामग्री ब्राजिल र अष्ट्रेलियाबाट आपूर्ति गरिसकेको छ । कतारले अब यसलाई नै निरन्तरता दिनेछ । त्यतिमात्र हैन कतारले अरु थुप्रै देशहरुबाट पनि सामान आयात गर्न सक्छ’ अर्थमन्त्री इमादी भन्नुभयो ।

साथै उहाँले कतारमा संकट हुन्छ भनेर आतिनु पर्ने अवस्था नरहेको पनि बताउनु भएको छ । कतारमा झण्डै साढे चार लाख नेपाली कार्यरत छन् ।